• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

बलात्कारका घटनाको विरोधमा सिंहदरवारमा महिला ‘मार्चपास’

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार ११:२१

काठमाडौं: बृहत नागरिक आन्दोलनले काठमाडौँमा बलात्कार विरुद्ध मार्चमास गर्ने भएको छ। लगातार बलात्कारका घटना भइरहेको विरोधमा आगामी शुक्रबार ‘सिंहदरबार महिला मार्च पास’ गरिने भएको हो।

एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख गर्दै बृहत नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन आग्रह गरेको छ।

Kamana Sewa

‘हामी सडकबाट चुनौती दिन्छौँ एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं?’ जारी अपिलमा उल्लेख छ।

Classic Tech Desktop

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ।

प्रतिकृया