• ४ साउन २०८३, सोमबार
  • ७:५९ बेलुका

भृकुटीमण्डपमा मञ्च तयार: ५ ठाउँबाट जुलुस सुरु

प्रकाशित मिति

२०७७ माघ २८ गते, बुधबार ११:३३

काठमाडौं: प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ।

मायतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिएका छन्। पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ।

Kamana Sewa

यसैबीच सभाका लागि काठमाडौँको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ। सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ।

Classic Tech Desktop

आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने तयारी छ।

प्रतिकृया