संविधानमाथि आक्रमण भैरहँदा पत्रकारहरुले थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्छ: महासचिव सिवाकोटी
प्रकाशित मिति
२०७७ माघ २३ गते, शुक्रबार ०७:०५
काठमाडौं: नेपाल प्रेस युनियनका महासचिब अजयबाबु सिवाकोटीले संविधानमाथि आक्रमण भैरहेको बेला पत्रकारहरु थप जिम्मेबार भएर पत्रकारिता गर्नुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्री केपि ओलीले संविधानबिपरित संसद विघटन गरेको र असंबैधानिक कदम चालेको भन्दै उनले देशमा गैरसंबैधानिक काम भैरहेको र लोकतन्त्रमाथि प्रहार भैरहेको भन्दै ब्यबसायीक पत्रकारितासंगै देशको हितमा कलम चलाउन आग्रह गरेका छन्।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै महासचिव सिवाकोटीले प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने निर्णय भएको समेत जानकारी दिएका छन्।
नेपाली पत्रकारहरुका तमाम समस्या रहेपनि यो बेला थप क्रियाशिल र ब्यबसायीक बन्नुपर्ने उनको तर्क छ। प्रेस युनियनको बर्दीयामा भएको कार्यसमितिको बैठकले युनियनको महाधिवेशन आउदो जेठको दोश्रो साता गर्ने निर्णय गरेको उनले जनाए।
अवको निर्बाचनमा असंबैधानिक काम गर्नेको पक्षमा लाग्ने पत्रकार समुहसंग चुनावी एकता हुने संभावना कम रहेको जनाएका छन्।महाधिवेशन स्थलको टुंगो र एलायन्सको बारेमा अन्तिम निर्णय भने सचिवालयले लगाउने उनले जानकारी दिएका छन्।
उनले भने-‘हामी पत्रकार महासंघमा सबै साथीहरुलाइ समेटेर नेतृत्व गर्न चाहन्छौं,कसैलाइ पाखा र कसैलाइ काखा गर्ने हाम्रो बानी पनि छैन,गर्दैनौं।’
सिवाकोटीले पत्रकारहरुका संघ संस्थामा क्रियाशिल र व्यवसायीक व्यक्तिले नेतृत्व समाल्नु पर्नेमा जोड दिए।नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन जस्ता संस्थामा क्रियाशिल र व्यवसायीक पत्रकारलाई नेतृत्वमा पुर्याएमा पत्रकारहरुको समस्या छिटो हलहुनसक्ने दाबि गरे।
रिपोर्टर्स क्लुब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए। युनियनका प्रतिष्ठान, जिल्ला र विदेश गरि ८७ शाखा छन्। शाखाबाट आएका झण्डै एक हजार पाच सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने नेपाल प्रेस युनियनले जनाएको छ।








प्रतिकृया