• १२ असोज २०८३, सोमबार
  • ३ः५० राती

आफ्नो फेसबुक अरुले चलाएको कसरी थाहा पाउने ?

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०६:५१

काठमाडौं: सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय भइरहेको छ। फेसबुक नचलाउने मानिस भेट्न मुश्किल हुन्छ। तर फेसबुक कसरी चलाउने, किन चलाउने र कसरी सुरक्षित तरिकाले चलाउने भन्ने कुरा भने कमैलाई मात्र थाहा छ।

National Life

फेसबुक चलाउँदा ध्यान पुर्याउनुपर्ने विविध कुराहरुमध्ये तपाईंको फेसबुक कहाँ खुलेको छ , कसैले चलाएको छ कि छैन। भनेर जान्नु पनि महत्त्वपूर्ण हून्छ। यदि फेसबुक चलाउँदा चलाउँदै कहिलेकाँही लगआउट गर्न भुलेमा, कसैले तपाईंको पासवर्ड थाहा पाएर कतै खोलेमा तपाईंले आफैले कुनै पनि ब्राउजरबाट लगआउट गर्न सक्नुहुन्छ।

त्यतिमात्र होइन तपाईंको फेसबुक कुन ठाउँमा लगइन भइरहेको छ भन्ने कुरा पनि थाहा हून्छ। साथै, फेसबुकबाट नै उक्त डिभाइसको लोकेशन पत्ता लगाउन सकिन्छ। तपाईंको फेसबुक लग इन भएको ठाउँ, समय र मिति पत्ता लगाउन सकिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसको लागि के गर्ने ?
सबैभन्दा पहिले कुनै पनि ब्राउजरमा आफ्नो फेसबुक लगइन गर्नुस् ।
त्यसपछि अकाउन्ट सेटिङमा जानुस्।

त्यसपछि ‘Security and login’ अप्शनमा जानुस्
त्यहाँबाट ‘Where you’re logged in’ को अप्शन देखिन्छ । त्यहाँ तपाईंको फेसबुक लगइन भएको डिभाइसको पूरा जानकारी पाउन सकिन्छ ।

स्मार्टफोनमा
फेसबुक एप खोलेपछि सेटिङमा जानुहोस्
त्यसपछि ‘ Security and login ’ जानुहोस्
त्यहाँ ‘ Where you’re logged in’ अप्शन देखिन्छ ।
त्यसमा ‘ See All’ मा क्लिक गर्नुस् ।

त्यहाँबाट तपाईंको फेसबुक कुन कुन डिभाइसमा खोलिएको छ भन्ने जानकारी पाउन सकिन्छ । यदि त्यसमध्ये आफूले लगइन गरेभन्दा फरक डिभाइसमा फेसबुक खोलिएको पाइएमा ‘log Out of All Sessions’ गर्न सकिन्छ ।

प्रतिकृया