ओली समूहको सभा पञ्चर्याली हो – दाहाल
प्रकाशित मिति
२०७७ माघ २४ गते, शनिबार ०६:०१
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहको भेलालाई ‘पञ्चर्याली’को संज्ञा दिएका छन । शुक्रबार ललितपुरमा नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा प्रचण्डले ओलीले एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजेको समेत अरोप लगाए ।
उनले भने, ‘मैले त भन्ने गरेकै छु, सामान्तहरुले आयोजना गर्ने पञ्चर्यालीमा देशभरीबाट लाखौं मान्छे जुटाउने गरेको देखेकै हो । २०४६ सालको आन्दोलनको ठिक्क अगाडि कता-कता पञ्चर्याली हुन्थेँ रु,’ उनले भने,’खालि मान्छे देखिएका छन् भन्ने मात्र होइन, सत्य कस्का पक्षमा छ । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने हो, मान्छेका टाउका कति छन् भन्ने मुख्य कुरा होइन ।’ उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् ।
पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए । ‘कांग्रेस, जनता समाजवादी पार्टी सबै सडकमै छन्, उनीहरु प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भनिरहेकै छन्’, उनले भने, ‘ यदि कम्युनिस्ट पार्टी भित्रको व्यक्ति र पदको लडाइँ हुन्थ्यो भने केपी गुट बाहेकका सबै किन विरोधमा हुन्थे।’
पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बितिकै ओलीले फुटको धम्की दिने गरेको स्मरणा गर्दै ओलीको कम्युनिस्ट विरोधी कामले नै संघर्ष शुरु भएको धारणा राखे ।








प्रतिकृया