• ९ असोज २०८३, शुक्रबार
  • ४ः०२ बेलुका

मेसीले बार्सिलोनासँग गोप्य सम्झौता

प्रकाशित मिति

२०७७ माघ २० गते, मंगलवार ०४:४९

काठमाडौं: गतबर्ष लियोनल मेसीले बार्सिलोना छाड्ने घोषणका साथै क्लबसँग बाटो सहज पार्न आग्रह गर्दै गर्दा बार्सिलोनाले सम्झौता अझै बाँकी रहेका कारण क्लबमै बस्नु पर्ने अडान लिएका थिए।

National Life

क्लबको अडानपछि बार्सिलोना र मेसीबीचको सम्वन्ध समेत चिसियो। यसैबीच बार्सिलोनाको वित्तिय संस्था अर्मागेडोनको एउट पत्र हालै लिक भएको छ। यो पत्र लिक हुँदा विश्व फुटबलमा हलचल मच्चिएको छ।

आखिर त्यो पत्रमा के छ? वास्तवमा बार्सिलोना र मेसीबीच सन् २०१६ मा एउटा गोप्य सम्झौता भएको रहेछ। जसअनुसार मेसीले बार्सिलोनासँग ४९ करोड १७ लाख २२ हजार ८५ मिलियन पाउन्डको सम्झौता गरेका थिए। फुटबल इतिहासमा यो अहिलेसम्मकै ठूलो सम्झौता मानिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई पक्षीय सम्झौताअनुसार मेसीले बार्सिलोनाबाट प्रतिबर्ष १ करोड २२ लाख मिलियन पाउन्ड पारिश्रमिकका रुपमा लिन्छन।

म्याड्रिडबाट प्रकाशित हुने एल मुन्डोले कोरोना भाइरस महामारीका कारण नै बार्सिलोनाले मेसीसँग गरेको सम्झौता पत्र सार्वजनिक नगरेको जनाएको छ । मेसी र बार्सिलोनाबीचको सम्झौता पत्र ३० पेजको रहेको एल मुन्डोले दावी गरेको छ । दुई पक्षबीच चार बर्षका लागी सम्झौता भएको पत्रिकाको भनाइ छ।

मेसी र बार्सिलोनाबीचको सम्झौता सकिन पाँच महिना मात्रै बाँकी छ। सम्झौताअनुसार मेसीले बार्सिलोनासँग सम्झौता पत्र नविकरण गर्दा ११ करोड ५२ लाख २५ हजार युरो प्रति बर्ष पाउँछन्।

साथै उनले बोनसका रुपमा सात करोड ७९ लाख २९ हजार ९ सय ५५ युरो पाउने सम्झौता पत्रमा उल्लेख छ। मुन्डोको अनुसार सम्झौता अनुसार मेसीले अहिलेसम्म बार्सिलोनाबाट ५१ करोड ५१ करोड १५ लाख ५ सय ४५ युरो आर्जन गरिसकेका छन्।

मेसीले आइतबार राति भएको स्पेनिस ला लिगामा एटलेटिको विल्बाओविरुद्ध २–१ ले हराउँदा पनि गोल गरेका थिए । खेलको २०औँ मिनेटमा मेसीले फ्रि किकबाट गोल गरेसँगै ६ सय ५० गोल संख्या पु¥याएका हुन् ।

सन् २००४ मा मेसीले बार्सिलोनाबाट डेब्यू गरेका हुन् । बार्सिलोनाका लागि यसअघि सिजर रोड्रिग्वेजले सर्वाधिक २ सय ३२ व्यक्तिगत गोलको कीर्तिमान राखेका थिए । उनले सन् १९४२ देखि १९५५ सम्म बार्सिलोनाबाट खेलेका थिए । मेसीले रियल म्याड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिकोको प्रतिस्पर्धामा सर्वाधिक २६ गोल गरेका छन् ।

मेसीले फुटबल इतिहासमै एकै सिजनमा सर्वाधिक ९१ गोल गरेका थिए । सन् २०१२ मा मेसीले यो उपलब्धि हात पारेका हुन् ।

 

प्रतिकृया