• ५ साउन २०८३, मंगलबार
  • ११:१७ बिहान

हवाईमार्गको पहल

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०९:०७

काठमाडौं: सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ।

नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो। भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

Kamana Sewa

‘दुईपक्षीय वार्ताको क्रममा यो विषय पनि उठेको हो। यो हाम्रो पुरानै एजेन्डा हो। पछिल्लो छलफल सहमतिका लागि वातावरण सहज बनाउने काम भने गर्नेछ’, महानिर्देशक पोखरेलले भने। उनका अनुसार प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भिœयाउने सरकारको योजना अलपत्र पर्दै आएको छ।

Classic Tech Desktop

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पनि यो विषयमा सरकारले छलफल गरेको थियो। तर, हालसम्म भारतले आश्वासन मात्रै दिँदै आएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिकृया