• ४ साउन २०८३, सोमबार
  • ७:१४ बेलुका

१० महिनापछि स्टेजमा कलाकार

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०५:३१

काठमाडौंं:  कोरोना महामारीका कारण अस्तव्यस्त रहेको सांगीतिक क्षेत्र विस्तारै बामे सर्न थालेको छ । शुक्रबार चर्चित गायक गायिका मिलन नेवार, नविन पौडेल र राजनराज शिवाकोटीले स्टेजमै उत्रिएर दर्शक स्रोतालाई नचाए ।  कलाकारहरु स्टेज देखिन थालेका छन् । सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढेको छ ।

काठमाडौंको  टोखास्थित शुक्रबार साँझ लड प्यालेस ब्याङ्केट उद्घाटनमा आयोजित बिषेश संगीतिक कार्यक्रममा उनीहरुले गीतसंगीतको प्रस्तुति मार्फत दर्शक नचाएका हुन् । करिब १० महिनापछि कलाकारको सांगीतिक प्रस्तुतीमा नाच्न पाउँदा दर्शक निकै खुसी देखिन्थे ।

Kamana Sewa

लोकगायक नविन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुती गायिका मिलन नेवार, राजनराज शिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा गायक पौडेलले ‘लेउखुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए । सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन चर्चित गीतसंगीत प्रस्तुत गरेकी थिइन् ।

Classic Tech Desktop

दुईवटा पार्टी भेन्यु, सांगीतिक कार्यक्रमका लागि आकर्षक स्टेज, पार्किङ लगायत बिभिन्न सुबिधा, आकर्षक डिजाइन सहित करोडौको लगानीमा तयार प्यालेस विवाह, बर्तमन, पास्नी, ब्यावसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रमलाई लक्षित गरेर तयार पारिएको प्यालेसका संचालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए । उनले फोटो तथा भिडियो, म्युजिक सिस्टम, ब्युटिसियन, ब्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुबिधा प्यालेसमा रहेको जानकारी दिए ।

कार्यक्रममा कलाकार स्वस्तिका लामिछानेले आफ्नो बेजोड प्रस्तुती प्रस्तुत गरेकी थिइन् ।

साथै कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदाश श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मा  लगायत थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।

प्रतिकृया