• ११ असोज २०८३, आइतबार
  • १ः२२ राती

आजको भेला कास्टिङ मात्रै हो, हेर्दै जानुहोलाः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०५:३२

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आजको चितवनमा भएको भेला कास्टिङ मात्रै भएको बताएका छन् ।

National Life

चितवनको भरतपुरमा शनिवार नेकपाले आयोजना गरेको जन सभालाई सम्वोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

पञ्चायत र राजतन्त्रसँग घुँडा नटेकेको भन्दै अहिले कसैसँग घुँडा नटेक्ने भन्दै उनले चितवनमा भएको आजको कार्यक्रम त सुरुवात मात्रै भएको र आगामी दिनमा यसलाई व्यापक बनाउने उद्घोष गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले भने, ‘चुनाव भन्दा अगाडि म फेरि यो ठाउमा सभामा सम्वोधन गर्न आउने छु, यो कास्टिङ हो । अबको सभा यो भन्दा दुई गुणा ठूलो हुनेछ ।’

साथै उनले तोकिएको मितिमा माध्यवधि निर्वाचन हुने भन्दै चुनाव घोषणा अल्मल्याउन गरिएको भन्नेलाई नअल्मलिन दिएर चुनावी तयारीमा लाग्न कार्यकतालाई निर्देशन दिए ।

‘हामीले चुनावको घोषणा गरेका छौं, यो मिति तलमाथि पर्दैन । यो चुनावको घोषणा अल्मल्याउन गरेको भनेका छन्, उनीहरुलाई भन्न दिनुस् । घोषणा गरिएकै मितिमा चुनाव हुन्छ’ ओलीले भने, ‘चुनावमा कुनै गल्ती नगरी जनताको निम्ती काम गर्ने, साइनो सम्बन्ध देशभित्र भएको । जनताको हितमा काम गर्नेलाई मात्र जिताउनु पर्छ । नाभी अन्तै जोडिएकाहरुलाई छान्नु हुँदैन ।’

सभामा ओलीले गफाडी नेतालाई नभइ विकास प्रेमीलाई जिताएर पठाउन आग्रह गरे । ‘चुनावको बेला माडिमा गएर मणि बनाउछु भनेको थिए, जसलाई जिताए, मणि बनाउन जिताएको कुहिएको आलु बनेछ’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने ।

 

प्रतिकृया