• ३१ भदौ २०८३, बुधबार
  • ४ः१७ बेलुका

ओलीलाई सुधार्नु र वालुवा पेलेर तेल निकाल्नु उस्तै होः माधव नेपाल

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०५:०९

धनगढीः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई जर्मनका निरंकुश शासक हिटलरसँग तुलना गर्दै उनी बनाउने भन्दा बिगार्ने मान्छे भएको आरोप लगाएका छन् ।

National Life

प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध नेकपाले सुरु गरेको देशव्यापी आन्दोलनका क्रममा शनिबार धनगढीमा गरेको विरोध सभामा बोल्दै नेता नेपालले यस्तो अभिब्यक्ति दिएका हुन् ।

निरंकुता घोषणा गरेर नआउने उदाहरण दिदै अध्यक्ष नेपालले भने, हिटलर पनि चुनावी बाटो बाटै हिटलर बनेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेता नेपालले कञ्चनपुर जिल्लाको निर्मला बतात्कारको काण्ड पार्टीमा आफूहरुले उठाएको बताउँदै ओली सरकारले कुरा नसुनेको जसका कारण पहिलो गाँसमा नै झिगाँ पसेको जस्तो भएको बताए ।

सरकारले निर्मला हत्याका विषयमा सही निर्णय गर्न नसक्दा आफ्नो पार्टी नै लज्जित हुनुपरेको उनले बताए । कोरोना कालमा सुदुरपश्चिमका जनतालाई देश भित्र आउन नदिने ओली सरकराको कदम समेत स्मरण गर्दै अध्यक्ष नेपालले यस विषयमा समेत पार्टीले कुरा उठाएको तर ओली सरकारले नटेरेको बताए ।

उनले भने, ‘कोरोनाको विषय, जनताको विषय, भूमिहिन किसाको विषय, निर्मला हत्याका विषय, कमलरीका विषयमा छलफल गरौं, हामीले भन्यौं । तर केपी ओलीले पार्टीमा छलफल गर्न खोजेपछि पार्टी नै फोर्न खोजे, संसदमा छलफल गर्न खोज्दा संसदनै भंग गरे । त्यसैले हामीले भन्यौं । केपी ओली बनाउने मान्छे होईन विगार्ने मान्छे हो । ओलीलाई सुधार्नु र वालुवा पेलेर तेल निकाल्नु उस्तै हो ।’

 

प्रतिकृया