• १६:४५ २०८० चैत्र ६ गते
  • 4:45 pm

चालकले सडक अनुशासन पालना गर्ने हो भने दुर्घटना न्यूनिकरण सहज छः एसपी कोइराला

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०४:४९

santiraj

बागमती प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुन् प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइराला । सेवाको भावनासहित नेपाल प्रहरी जस्तो राष्ट्रको गरिमा बोकेको प्रहरी संगठनमा आवद्ध उनी एक निष्ठावान प्रहरी कर्मचारी हुन् । इमान्दारीता र पारदर्शीतालाई शिरमा राखेर देशको हितमा काम गर्ने प्रणसहित प्रहरी जिवन सुरु गरेका उनी आफ्नो कार्यक्षेत्र र खटाइएको काममा कहिले पनि हेलचेक्याईं गर्दैनन् । संगठन चुस्त बनाउन सबै तह र तप्ताको उत्तिकै महत्वपूर्ण मूमिका रहन्छ र सबै मिलेर अघि बढ्ने हो भने देशको शिर सधै उचो रहन्छ भन्ने मायन्ता बोक्ने कोइराला अहिले बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुखको भूमिकामा चितवनको रामनगरमा कार्यरत छन् ।

अहिले समग्र बागमती प्रदेश ट्राफिक प्रहरीको जिम्मा सम्हालेका एसपी कोइरालासँग आज मातृभूमि न्यूजले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन, ४ महिने कार्यकालमा गरेका उपलब्धि र कठिनाईसँग सम्बन्धित रहेर कुराकानी गरेका छौं । यस्तो छ कुराकानीको संक्षिप्त अंश ।

प्र १. पछिल्लो बागमती प्रदेशको ट्राफिक व्यवस्थापन कस्तो छ ?
म आएको झण्डै ४ महिना पूरा भएको छ । विशेष गरी यो समयमा दुर्घटनामा ज्यान गुमाउने संख्या विगतमा भन्दा ज्यादै न्यून संख्यामा भएका छन् भने, ट्राफिक परिचालनको कुरा हेर्दा थप चुस्तता थपिएको छ । समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन आफैमा चुनौतीपूर्ण छ र यसका लागि म र मेरो मातहतका सम्पूर्ण प्रहरी कर्मचारी साथिहरु लागि पर्नुभएको छ जसका कारण यो सफलता मिलेको छ र अझ धेरै कामहरु गर्न बाँकी छ र त्यसका लागि हामी योजनावद्ध रुपमा अगाडी बढेका छौं ।

प्र २. तपाई आइसकेपछि के–के परिवर्तन गर्नुभयो ?
मैले यो प्रदेशको ट्राफिक प्रमुखको पद सम्हालेपछि पहिलो प्रथमिकतामा व्यवस्थापकिय क्षमता बढाउँदै समग्र सडक सुरक्षा र दुर्घटना न्यूकणका लागि अवलम्बन गर्नेसक्ने योजना नै हो । योजना विनाका कामहरु असफल हुने हुँदा यसमा पहिलो प्राथमिकता राह्यो । अनि बढी दुर्घटना र संवेदनशिल क्षेत्रको निक्यौल गरि त्यसका थप व्यवस्थापनमा समेत जोड दिदै, चेक प्वाइटहरु थप्ने, त्यसलाई व्यवस्थापन गर्ने पार्किङ्गको संख्या बढाउने काम भएको र जसका गर्दा सडकमा यत्रतत्र पार्किङ्ग गर्ने काम ज्यादै न्यून भएको छ भने थप चेक प्वाइटको स्थापना र आधुनिक प्रविधिमार्फत सडक सुरक्षालाई थप मजवुद बनाउने पक्षमा लागिपरेका छौं । यसका साथै सडकमा ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने खोजेको तर त्यो अस्विकार गर्ने ५२ जना प्रहरी कर्मचारीका पुरस्कृत गर्नुका साथै आचरण र लेनदेनमा सहभागी हुने १३ जना कर्मचारीलाई विभागिय कारवाही पनि गरेको छौं ।

प्र ३. राजश्व संकलनमा ट्राफिक प्रहरीतर्फ बागमती अग्र स्थानमा देखियो । कसरी सम्भव भयो ?

हामीले यो ६ महिनामा बागमतीमा मात्रै १० करोड १२ लाख राजश्व संकलन गरेका छौं । जो अन्य प्रदेशको भन्दा बढी हो र बागमती प्रदेशकै पनि अहिलेसम्मकै वढी राजशव संकलन हो । यसको सफलता भनेको सम्पूर्ण ट्राफिक प्रहरीहरुको सक्रियता र इमान्दारीता नै प्रमुख कारण हो । अर्को पाटोमा हेर्ने हो भने यसका लागि हामीले जुन किसिमका अभियानहरु चलाएका छौं त्यसको पनि परिणमको विषय हो ।

प्र ४. ट्राफिक प्रहरीहरु अझै पनि सेवाग्राहीसँग घुस लिन छाड्दैनन् भन्ने गुनासो छ नी ?

तपाइले सोध्नुभएको प्रश्नले हामीलाई बारम्बार पोल्ने गर्दछ । किन प्रहरी कर्मचारी र त्यसका पनि ट्राफिक कर्मचारीले सडकबाटै आर्थिक अनियमितता गर्दछन् भन्ने हुन्छ । त्यसका व्यक्तिको चरित्र र परिचालन गर्ने नेतृत्वमा पनि फरक पर्ने मेरो ठम्याई छ । मेरो हकमा भन्नुभएको छ भने म त्यसको विरोधि हुँ र त्यस्ता ट्राफिक कर्मचारीलाई मैरो छाड्ने परुक्षमा छैन र छाडेको पनि छैन । आर्थिक पारदर्शीता मेरो मान्यता हो । ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म उल्लेख्य र त्यो भन्दा बढिका प्रलोभनको अफर ट्राफिक प्रहरीलाई आउँछ त्यो आफैमा अपलन हो र यो अस्विकार गर्ने क्रम पछिल्लो बढेको छ यसकारण पनि राजश्व बढेको हो र अर्को कुरा ट्राफिक प्रहरी कर्मचारीहरु यसलाई अस्विकार गर्दै पुरस्कृत हुने हुँदा यसलाई मुक्त गर्न लागिपरेको अवस्था हो । ४ महिनामा मात्रै हामीले १५ सय ३८ जनाले दिएको घुस फिर्ता गरेका छौं भने ७ जनालाई कारवाहीको दायरामा समेत ल्याएका छौं ।

प्र ५. कागजी प्रकृया पूरा गर्दा पनि ट्रफिकले शास्ती दिन्छन् भनिन्छ, बास्तविकता के हो ?

त्यो एकदामै असत्य र झुटो प्रचार हो । सडक अनुशासन, प्रकृयागत रुपमा प्रमाण्सहितका कागजपत्र भएका व्यक्तिहरुले यो आरोप लगाउँदैनन् तर जो आफुमा कागजपत्र र प्रमाण विना सडकमा कुद्दछन्, मदिरा सेवन गरेर सवारी चलाउछन् उनीहरु यो आरोप लगाउँछन् । स्पष्ट प्रमाण र लेन अनुशासन मान्ने चालकलाई दुःख दिने हाम्रो नियत हुँदैन तर काजपत्र र अनुशासन भने पालना गरेकै हुनुपर्छ ।

प्र.६. दूर्घटना न्यूनिकरणमा चुनौतीहरु के–के छन् ?
चुनौतीको कुरा गर्दा पछिल्लो समय जसरी सवारी साधनको संख्या उल्लख्य रुपमा बढेको त्यो अनुरुप जनशक्ति व्यवस्थान हुन सकेको छैन जसले गर्दा अत्याधुनिक चेक प्वाइटको व्यस्थापन गर्नुपर्ने छ, वसपार्क र पाकिङ्ग क्षेत्रलाई बढाउनुपर्ने छ , ओभरहेड, अण्डरपास, ज्रेवा क्रसिङ ठाउँ–ठाउँमा गप बिस्तार गर्दै लैजानुपर्ने देखिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्न त्यसको पूर्ति गर्नुका साथै ट्राफि प्रहरीभित्र पनि अझै सुद्धिकरण आवश्यकता छ । केहि छिटफुटका कुराहरु आइरहेका छन् कर्मचारीहरुले गरेका त्यसलाई थप कारवाही र व्यवस्थापन गर्नुपर्ने छ । खास गरि चालकहरुबाट आफै घुस रकम असुल नगरेर पान पसलेको समेत प्रयोग गरेको उदाहरण केहि दिन अघिमात्र देखिएको छ यस्ता अन्य उपायपनि अवलम्बन गरेको सुन्नमा आएको छ त्यसलाई पनि चिर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

प्र. ७ भावी कार्ययोजना के–के बनाउनु भएको छ ?
पहिलो कुरा बागमती ट्राफिक कार्यलयको लागि भूमि प्राप्ती र भवन निर्माण्को कार्य अगाडि बढाउने, बैंकिङ्ग प्रणालीमा राजशव भुक्तानी व्यवस्थापनको तयारी गर्ने, मापसे प्रशिक्ष्ण हल बनाउने, प्रविधिको विस्तार, आन्तरिक सुद्धिकरणमा थप कडाई गर्ने योजनामा लागि परेको छु ।

प्रतिकृया