• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

ओलीलाई फुच्चे बाउन्ने बनाइदिएकोमा धन्यवाद्ः प्रचण्ड

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०३:२२

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केप ओलीलाई फुच्चे बाउन्ने देखाइदिएकोमा आमसभामा सहभागीलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभा विघटको विरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले धनगढीमा आएर फुर्ति गरेका ओलीलाई आफ्नो स्थान देखादिएकोमा धन्यवाद दिएका हुन् ।

Kamana Sewa

उनले भने, ‘केपी ओलीले धनगढीमा आएर धेरै मानिस जम्मा पारेको भन्दै फुर्ति गरेका थिए तर आजको यो विशाल जनसभालाई देख्दा उनले गरेको कार्यक्रम फुच्चे बाउन्ने देखिएको छ ।’

Classic Tech Desktop

अध्यक्ष दाहालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अवस्था नदिएको भन्दै ओलीले संसद् मर्‍यो भनेर घोषणा गरेपनि संसद् विघटन नभएको बताए ।

एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने प्रचण्डको भनाई छ ।

प्रतिकृया