• १ असोज २०८३, बिहीबार
  • ६ः१८ बेलुका

नगर प्रमुख   रामेश्वर श्रेष्ठबाट महालक्ष्मी नगरपालिकाको स्थानीय पाठ्यपुस्तक हामी र हाम्रो महालक्ष्मीू को विमोचन

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०२:११

काठमाण्डौँ: शुक्रवार महालक्ष्मी नगरपालिका, ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी” वितरण शुभारम्भ समारोह सम्पन्न भएको छ ।

National Life

कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेल, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक, गुठीद्वारा सञ्चालित र निजि विद्यालयका प्र।अ।हरूको उपस्थिति रहेको थियो र कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत सुनिता योङहाङले गर्नुभएको थियो ।

कार्यक्रमको उत्तरार्द्धमा नगर प्रमुख र नगर उपप्रमुख बाट महालक्ष्मी नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र कक्षा ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी” को बिमोचन गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बिमोचन पश्चात नगर उपप्रमुख द्वारा पाठ्यपुस्तक निर्माणमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुहुँदै स्थानीय पाठ्यपुस्तकको प्रभावकारीताबारे मनतब्य राख्नुभयो ।

समारोहमा सम्बोधन गर्नुहुँदै नगर प्रमुखले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा देखि पाठ्यपुस्तक निर्माण हुँदा सम्मको दौरानमा भएका थुप्रै कार्यहरुमाथि प्रकाश पार्नुभयो । उहाँले पाठ्यपुस्तक निर्माण गर्दा दुवै Upward र Downward approach अपनाइएको र यस पश्चात कक्षा २ र कक्षा ७ को पुस्तक निर्माण गरिने र त्यस सम्बन्धी प्रक्रिया अघि बढीसकेको र स्वतस् आघामी दुई वर्षभित्र नै १ देखि ८ कक्षा सम्मको सबै पाठ्यपुस्तक निर्माण हुने जानकारी दिनुभयो ।

त्यसैगरी, स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, साँस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरुलाई स्थानीय भाषा, शैली र परम्परासँग चिरपरिचित गराउने र थप व्यवहारीक शिक्षा समेत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा नगरपालिकाले स्थापित गरेका मानकहरूबारे चर्चा गर्नुका साथै यस नगरपालिकाले शुरु गरेको Practical Manual Guidebook को चौतर्फी प्रशंसा भएको जानकारी दिनुभयो । अन्त्यमा, पाठ्यक्रम लागू भए सँगै पाठ्यपुस्तक निर्माण हुँदै गर्दा पनि शिक्षकहरुले पाठ्यक्रमलाई आधारमानी स्थानीय पाठ्यक्रमको पठनपाठन जारी राखेकोमा नगरप्रमुखज्यूले उहाँहरुको प्रशंसा समेत गर्नुभएको थियो ।

 

प्रतिकृया