वर्ल्ड लिंकले ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना गर्ने
प्रकाशित मिति
२०७७ माघ १६ गते, शुक्रबार १२:२०
काठमाडौँ– इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ ।
३ अर्ब लगानीमा आगामी ३ वर्षभित्र काठमाडौँ, भक्तपुर, लेखनाथ, हेटौडा, भरतपुर, बुटवल, दुहावी, बिरगञ्ज, कोहलपुर, अत्तरिया, ढल्केबर, सुर्खेत, भैरहवा लगायतका स्थानमा डाटा सेन्टर स्थापना गर्न लागेको कम्पनीले जनाएको छ ।
कम्पनीले बिहीवार आयोजना गरेको भर्चुयल मिटिङमा बोल्दै संस्थाका कार्यकारी निर्देशक केशव नेपालले इन्टरनेटको विकासको लागि अग्रगामी सोच लिदैँ देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्न लागेको बताए ।
नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणा अनुरुप नै डाटा सेन्टरले सम्बोधन गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले जानकारी दिए ।
हालसम्म देशभरका ४ लाख ५४ हजार ६ सय घरधुरीमा २६ लाखभन्दा बढी वर्ल्ड लिंकका प्रयोगकर्ता रहेका छन्
‘यो ठुलो प्रयास हो यसका लागि हामीले विभिन्न कम्पनीहरुसँग सहकार्य गर्ने छौं’ उनले भने, ‘यद्यपी अहिलेसम्म कुन कम्पनी भन्ने यकिन भएको छैन हामी छलफल गरिरहेका छौं ।








प्रतिकृया