• ११ असोज २०८३, आइतबार
  • ९ः०४ बिहान

भ्रमले खोप लगाउने कार्य सुस्त

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार १२:२५

महोत्तरी- महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

National Life

“पहिलो दिन १३५ जनालाई खोप दिने लक्ष्य थियो तर ३८ जनाले मात्र यो सेवा लिए”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ नियन्त्रण अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “कतिपयमा खोपबारे रहेको भ्रमले प्रारम्भिक चरणमा सेवा लिने कम देखिएका हुन् ।” यद्यपि यो भ्रम चिरिँदै जाने र केही दिनभित्रै सेवाबारे विश्वसनीयता बढ्ने झाको विश्वास छ । महोत्तरीमा दोस्रो दिन बिहीबार २६१ जनाले खोप लिएको कार्यालयले जनाएको छ ।

एक साताभित्र दुई हजार २३० जनालाई खोप दिइने कार्यालयको लक्ष्य छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि शुरुका दिनमा डरले खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । “अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयका प्रमुखसहित हामी सबैले देख्ने गरी खोप लगाएका छौँ”, जनस्वास्थ्य निरीक्षक झाले भने, “अब भ्रम हट्दै जान्छ र सेवा लिनेको सङ्ख्या बढ्छ ।”

Classic Tech Mobile
Classic Tech Desktop

जिल्लामा कोभिशिल्ड नामको यो खोप पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शववाहन र एम्बुलेन्स चालक, सुरक्षाकर्मी र अग्रपङ्तिमा रहेर काममा लाग्नुपर्ने सामाजिक अभियानकर्मीलाई दिइने गरी प्राथमिकता निर्धारण गरिएको छ ।

पहिलो दिन जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा प्रभातकुमार गामीले वरिष्ठ स्वास्थ्यकर्मी ९अनमी० कला चौधरीबाट खोप लिएर यो सेवा प्रारम्भ गरेका थिए ।

जलेश्वर अस्पतालकक्षमै सञ्चालन गरिएको यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा पु¥याइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयमा कार्यरतले धमाधम खोप लिइरहेका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।

जिल्लामा पहिलो चरणमा २४३ डोज खोप आएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । प्रत्येक भाइलमा १० जनालाई खोप लगाउन मिल्ने र कूल दुई हजार २३० जनालाई पहिलो चरणमा यो सेवा दिइने खोप अधिकृत झाले जानकारी दिए ।

पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।रासस

 

प्रतिकृया