आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग
प्रकाशित मिति
२०७७ माघ १६ गते, शुक्रबार १०:४४
काठमाडौं -निर्वाचन आयोगले नेकपाका दुवै पक्षसँग आज छलफल गर्दै छ । दुवै समूहका अध्यक्ष्य आफैं वा निजले तोकेका आधिकारिक ५ जना व्यक्तिलाई आयोगले आज साढे ११ बजे बोलाएको हो । आयोजका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षलाई निर्वाचन प्रयोजन र प्रक्रियाका लागि बोलाएको हो ।
सरकारले आगामी वैशाख १७ र २७ निर्वाचनको मिति तोकेपछि आयोजले दल दर्ता प्रक्रिया चाँडै नै सुरु गर्ने बताएको छ । नेकपाको विवाद निरुपण र विभाजन सम्बन्धीमा शुक्रबार आयोगमा छलफल हुने बताइएको छ । यसअघि नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले अस्वीकार गरिसकेको छ ।
दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो ।आज नेकपाको विभाजनसम्बन्धी पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरेको जानकारी दुवै पक्षलाई पठाइसकिएको छ ।







प्रतिकृया