• १३ असोज २०८३, मंगलबार
  • ६ः२९ बिहान

भक्तपुरमा गाडीको ढोकाबाट खसेर एक महिला घाइते

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०५:५२

भक्तपुरः भक्तपुरको मध्यपुर थिमि नगरपालिका कौशलटार चोकमा बसबाट ओर्लिने क्रममा एक युवती घाइते भएकी छिन् ।

National Life

सिन्धुली घर भई हाल भक्तपुरको बोडेमा बस्दै आएकी २५ वर्षीया एलिसा राई थिमी बाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६–ख ४३८ नम्बरको बसबाट ओर्लने क्रममा आज शनिबार बिहान ६ बजे घाइते भएकी हुन् ।

बसबाट लडेकी उनिको अबस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसबाट ओर्लने क्रममा लडेकी उनिलाई बसले किचेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेको राईको भक्तपुरको लोकन्थली स्थित समिट अस्पतालमा उपचार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले बस र बसका चालक २५ वर्षीय चन्द्रबहादुर प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको भक्तपुर प्रहरी प्रमुख तारा थापाले बताउनुभएको छ ।

प्रतिकृया