• १३ असोज २०८३, मंगलबार
  • ७ः०३ बिहान

बैशाखमा निर्वाचन गराउन ओलीले प्रतिनिधिसभा विघटन गरेकै होइनन्ः नेता कोइराला

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०६:३१

काठमाडौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउन वा माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् ।

National Life

शनिबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले केपी ओलीको नियत सफा नभएकाले उनले वैशाखमा निर्वाचन नगराउने बताउदैं भने, ‘बैशाखमा निर्वाचन गराउनका लागि केपी ओलीको नियत सफा छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

डा। कोइरालाले प्रतिनिधिसभा विघटन अराजनीतिक र असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको विकल्प नभएको भन्दै ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको स्पष्ट पारे ।

 

प्रतिकृया