• १३ असोज २०८३, मंगलबार
  • ५ः४८ बिहान

नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०५:४५

भक्तपुरः नेपाल पत्रकार महांसघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभा सम्पन्न भएको छ ।

National Life

भक्तपुरका पत्रकारद्वय बरिष्ठ पत्रकार कविर राणा र राष्ट्रिय समाचार समिति ९रासस० का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।

राससका पत्रकार श्रेष्ठलाई मैंयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँसहित सम्मान गरिएको हो भने एंव वरिष्ठ पत्रकार राणालाई भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता धरापमा परेको बताए ।

यस्तै महासंघका उपाध्यक्ष दिलिप थापा मगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कदम मान्य नहुने बताए ।

त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सकृय भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय लक्ष्मण कार्की र गोविन्द चौलागांई, महासंघका उपत्यका प्रदेश महासचिव श्रृजन झा, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, पूर्व अध्यक्ष नारायण किलम्वु, महासंघ भक्तपुर शाखाको उपाध्यक्षद्वय रोशन सिल्पकार र कविता थापालगायत साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैबीच कार्यक्रममा साधारण सभाको बन्दसत्रमा शाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिकृया