• ११ असोज २०८३, आइतबार
  • १२ः३२ दिउँसो

डन्डी उद्योगले अटेरी गरेः वाणिज्य विभाग

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०८:५७

काठमाडौंं:फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् ।

National Life

डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागले देशभर सञ्चालित २१ वटा डन्डी उद्योगमा पत्रचार गरेर एक साताभित्र विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएकोमा अहिलेसम्म चार÷पाँचवटा उद्योगले मात्रै विवरण पेस गरेको जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले डन्डी उद्योगीसँग नम्र रूपमा प्रस्तुत भएर एक साताभित्र मूल्य बढ्नुको कारण पेस गर्न भनेर दिएको निर्देशनमा अधिकांशले अटेरी गरेको बताए ।उनले भने, विवरण बुझाउने आज अन्तिम दिन हो, सारै सानो सङ्ख्याबाट मात्रै विवरण आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अधिकांश आउनुभएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो ।
उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् ।

प्रिमियर स्टिल उद्योगका सञ्चालक पवन सारडाले भाउ बढ्नुको कारण नेपाली उद्योगीले गर्दा नभएर विदेशबाट आउने कच्चा पदार्थको भाउ बढेकाले यस असर नेपालमा परेको बताए ।गोरखापत्र दैनिकबाट

प्रतिकृया