पिएम कपः आर्मीसँग कर्णाली ८० रनले पराजित
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०३:३३

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
आइतबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको छ ।
आर्मीले दिएको १९६ रनको लक्ष्य पछाएको कर्णालीले ३३।३ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएको थियो ।
कर्णालीका लागि कप्तान रविन्द्र शाहीले ३० रन बनाए भने हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन बनाए । कर्णालीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
आर्मीका बलर सुशान भारीले ४ विकेट लिए भने शहाब आलमले ३ विकेट लिएका थिए । त्यस्तै रोहित पौडेलले २ विकेट लिए भने हरी चौहानले एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४३।१ ओभरमा अल आउट हुदै १९५ रन बनाएको थियो ।
आर्मीका लागि अनिल मण्डलले सर्बाधिक ८९ रन बनाए भने कप्तान विनोद भण्डारीले ४१ रन बनाए । त्यस्तै राजेश पुलामी मगरले १६ र लोकेश बमले १३ रन बनाए ।त्यस्तै रोहित पौडेलले ११ र हरी चौहानले ७ रन बनाए ।
त्यस्तै कर्णालीका बलर दिनेश अधिकारी, राज शाह, दिवान पुनले २(२ विकेट लिए भने अनुज चुनारा, उनिश सिंह र रविन्द्र शाहीले एक एक विकेट लिएका थिए ।
प्रतिकृया