ओलीमाथि प्रचण्डको व्यङ्गः ‘ओलीको काम उट्पट्याङ्ग गरेर हसाउने नै त हो’
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०३:२३

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको निर्णयले संविधानकै नै हत्या हुने काम भएको अवस्थामा आफू हाँस्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा भएको राष्ट्रिय युवा सङ्घको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले देश तनावमा रहेको र संविधानको चिन्ता भइरहेको समयमा हाँस्न नसकिने भन्दै यस्तो बताएका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै उनले संविधानकै हत्या भएको समयमा हाँस्न र हँसाउन नसकिने बताउँदै प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले युवाहरूको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै दुनियाँले देख्ने गरि आन्दोलनलाई सशक्त बनाउन आग्रह समेत गरे ।
लामो समयको सङ्घर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको जसले सिङ्गो देश नै स्तब्ध भएको प्रचण्डको भनाई छ ।
प्रतिकृया