• १५:०२ २०८० चैत्र १६ गते
  • 3:02 pm

अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको हत्या

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०३:०९

Capture 2

एजेन्सीः अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ ।

आइतबार बिहान अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ ।

पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी

हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको हो ।

दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

प्रतिकृया