• ११ असोज २०८३, आइतबार
  • १२ः०७ दिउँसो

अझ दुई वर्ष कम्युनिष्टलाई सरकार चलाउन दिए मूलुक नै रहदैनः नेता भण्डारी

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०६:२८

नवलपरासीः नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले आफु संसद विघटनको पक्षमा रहेको बताएका छन् ।

National Life

शनिबार नेपाली कांग्रेसको निर्णय बमोजिम ७ सय ५३ स्थानीय तहमा गरेको प्रतिनिधि सभा विघटन विरुद्धमा सुनवल नगर कार्यसमिति पश्चिम नवलपरासीले आयोजना गरेको विरोध सभामा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

विरोध सभालाई सम्बोधन गर्दै नेता भण्डारीले भने, ‘सर्वोच्चले चुनावको व्यवस्था गरोस्, कम्युनिस्टलाई सधैंलाई बिदा गर्छौं ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँकी २ वर्ष अझै कम्युनिस्टलाई सरकार चलाउन दिने हो भने मुलुक रहदैन भन्ने ठोकुवा गरेका भण्डारीले भने, ‘न कम्युनिस्टहरु बिकास चाहन्छन न आफुहरु नै मिलेर बस्न सक्छन्, ५ वर्ष सम्म पनि सरकार चलाउन नसकेर ३ वर्षमै ससद विघटनको स्थितिमा पुग्ने नेकपा पार्टीलाई अब जनताले कहिले पनि जिताउने छैनन् ।’

जनताले दुख पाउदा कतै नदेखिने नेकपाका प्रचण्ड–नेपाल समुह अहिले व्यक्तिगत स्वार्थ र लाभका लोभले सडकमा बसेर हामी यहाँ छौ भनेर देखिनु आफुलाई गज्जब लागेको  बताए ।

प्रतिकृया