• १८:२७ २०८० चैत्र १६ गते
  • 6:27 pm

शुक्र ग्रहमा देखियो जीवनको सम्भावना

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०६:१६

41 e1610800304966

शुक्र ग्रह सुर्यको नजिक र सौर्य प्रणालीको दोस्रो स्थानमा रहेको ग्रह हो । उक्त ग्रहको माथिल्लो वातावरणमा रहेको अस्पष्ट रसायनहरु बदलिएको छ । यसले त्यहाँ जीवनको संकेत भएको वैज्ञानिकहरुले अस्थायी रुपले सुझाव दिएको सुचना लाइभ साइन्स पत्रिकामा प्रकाशित गरिएको छ ।

उक्त अज्ञात रसायन फोस्फिन पिएच ग्याँस हो जो पृथ्वीमा प्रायः एनएरोबिक अक्सिजनविहीन सास० ब्याक्टेरियाबाट उत्पादन हुने एक पदार्थ हो । यो ग्याँस विशाल ग्रहहरुको वायुमण्डलमा अवस्थित छ ।

रसायनीक प्रक्रियाका कारण वायुमण्डलको दबाबमा फोस्फरस तत्वले हाइड्रोजनका तीनवटा तत्वलाई आफुसँगै बाँधी फोस्फिन ग्याँस बनाउछ । तर शुक्र ग्रहमा फोस्फिन ग्याँस कहाँबाट र कुन रसायनिक प्रक्रिया बाट देखा पर्यो भन्ने कुराको जानकारी वैज्ञानिकहरुलाई पनि थाहा छैन ।

सन २०१७ जुन मा वैज्ञानिकहरुको टिमले टेलिस्कोपबाट शुक्र ग्रहमा हेर्दा फोस्फिन ग्याँसको आकृती देखिएको नेचर एस्ट्रोनोमी पत्रिकामा जनाइएको थियो ।

शुक्र ग्रहमा फोस्फिन ग्याँस देखिदा त्यहा जीवन छ भन्ने जरुरी छैन तर फोस्फिनले त्यहाँ जीवनको सम्भावना बढाएको छ । किनभने उच्च वायुमण्डलीय दबाब विना ब्याक्टेरियाले मात्र फोस्फिन बनाउन सक्छ । यसकारण वैज्ञानिकहरुले त्यहाँ जीवन सम्भव छ भन्ने आशंका गरेका छन् । एजेन्सी

प्रतिकृया