भक्तपुरको बोडेमा मनाइयो २३ औं भूकम्प सुरक्षा दिवस
प्रकाशित मिति
२०७७ माघ ३ गते, शनिबार ०६:३८

भक्तपुरः भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बोडेमा ‘२३ औं भूकम्प सुरक्षा दिवस २०७७’ मनाइएको छ ।
शुक्रबार गृहमन्त्री राम बहादुर थापाको उपस्थितिमा २३ औं भूकम्प सुरक्षा दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै गृहमन्त्री राम बहादुर थापाले भूकम्पबाट आफूहरु कसरी बच्ने, नागरिकहरुको जनधनको कसरी रक्षा गर्ने तथा उक्त महान चुनौतीहरुको कसरी सामना गर्ने ? भन्ने विषयमा सचेतना कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताए ।
भूकम्पका कारण अधिकांश भवनहरु भत्किएकाले भवनहरु बनाउदा नेपाल सरकारको मापदण्ड अनुसार मात्र भवनहरु बनाउन आग्रह गर्दै उनले महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा भूकम्प प्रतिरोधात्मक नक्साहरुलाई मात्र घर बनाउन अनुमति दिनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्पको बेला कसरी सुरक्षित रहने भन्नने बिषयमा नमूनाहरु प्रस्तुत गरेको थियो ।
प्रतिकृया