• 12:07 pm

थिमिका मेयर श्रेष्ठको सम्पदा बचाउमा जोडः बन्ने भयो दुईपोखरीमा अर्को पोखरी

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०७:०२

भक्तपुरः भक्तपुरको मध्यपुर थिमि नगरपालिका स्थित दुईपोखरीको निर्माण कार्य सुरु भएको छ ।

पुरातात्विक सम्पादाको रुपमा रहेको तर जीर्ण हुँदै गएको यो पोखरीको पुनः निर्माणकार्य शनिबारदेखि सुरु गरिएको हो ।

उक्त स्थानमा दुई वटा पोखरी रहेको र एक ओटा पोखरीको निर्माण कार्य सम्पन्न भएको र अर्को पोखरीको कार्यसमेत थालिएको मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले मातृभुमीन्यूज डटकमलाई जानकारी दिए ।

करिव १० रोपनी क्षेत्रफलमा रहेको यो पोखरीलाई यो वर्ष नगरपालिकाले ८० लाख रुपैयाँ विनियोजन गरेको र यसको कुल लागत १ करोड ५० लाख हुने र यसमा नेवारी म्युजिकसहितको फाउन्टेन वाटरको व्यवस्था समेत हुने मेयर श्रेष्ठको भनाई छ ।

पेट स्टोन, चारतिरै खुड्किलासहित पोखरीको बिचमा कालिमाटी बिच्छाएर पुरानै शैलीमा निर्माण गरिने यो पोखरीले थिमिको पर्यटन क्षेत्र र पुराना संस्कृतिलाई जर्गेना गर्न थप सहयोग पुग्ने मेयर श्रेष्ठको भनाई छ ।

मेयर मदनसुन्दर श्रेष्ठले पछिल्लो समय मध्यपुर थिमि नगरपालिकाका पुरातात्विक सम्पदा र कला संस्कृतिमा जोड दिने उद्देश्यसहित जीर्ण अवस्थामा रहेका सम्पादाहरुको निमार्ण कार्यलाई जोड दिदै आएका छन् ।

यसअघि सम्पदा पुननिर्माणमा पाएको सफलतालाई आधार मान्दै यो नगरपालिकालाई एशियन टाउनस्केप अवार्डबाट समेत सम्मान गरिएको थियो ।

प्रतिकृया