• 5:07 pm

पिएम कपः एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हरायो

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०४:५७

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४२ ओभर ४ बलमा एक सय ८ रनमा अलआउट भयो ।

प्रदेश १ का लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए । एपीएफका अविनाश बोहराले ५, बसन्त रेग्मीले २ र शरद भेषवाकर तथा किशोर महतोले १/१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । एपीएफका ओपनर आशिफ शेख ५९ रन बनाएर आउट भए । बसन्त रेग्मीले ४०, सन्दिप जोरा ३०, कप्तान शरद भेषवाकरले २०, सुवास खकुरेल र किशोर महतोले समान १९/१९ रन जोडे । त्यस्तै सुमित महर्जन १४ रनमा आउट भए ।

प्रदेश एकका फिर्दोश अन्सारी, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुई/दुई विकेट लिए ।

प्रतिकृया