प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ लाई
प्रकाशित मिति
२०७७ पुष १९ गते, आईतवार ०३:१६
दाङ: दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।
आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो ।
खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो ।
एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् । भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन् पुग्यो ।
उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप-विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।






प्रतिकृया