विपक्षी दलहरुद्वारा जनवरी ३१ सम्म राजीनामा दिन प्रधानमन्त्री इमरान खानलाई चेतावनी
प्रकाशित मिति
२०७७ पुष ८ गते, बुधबार १०:०१
लाहोर- पाकिस्तान प्रजातान्त्रिक आन्दोलन पीडीएम मा आवद्ध ११ विपक्षी राजनीति दलको गठबन्धनले प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई जनवरी ३१ सम्म राजीनामा दिन चेतावनी दिएको छ। जनवरी ३१ सम्म राजीनामा नदिए तीव्र आन्दोलनहरूको सामना गर्न चेतावनी दिइएको हो।
आज हामी सरकारलाई स्पष्ट पार्न चाहन्छौं कि जनवरी ३१ सम्म राजीनामा गर्नुपर्दछ, डनले जमीयत उलेमा एइस्लाम जेयूआई एफ का नेता मौलाना फजलुर रहमानलाई उदृत गर्दै सोमबार भनेको छ।
रहमानले लाहोरमा पीएमएल(एनको मरियम नवाज, पीपीपी प्रमुख बिलावल भट्टो जरदारी र अन्य विपक्षी नेताहरूसँगको छलफलपछि मिडियासँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
उनले यदि सरकारले त्यस बेलासम्म राजीनामा गर्न अस्वीकार गरे भने पीडीएमको नेतृत्वको बैठकले फेब्रुअरी १ मा इस्लामाबादमा बृहत र्यालीको घोषणा गर्ने र कहिले कस्तो आन्दोलन गर्ने भन्ने तय पनि बैठकबाटै निर्णय गरिने बताएका छन्।








प्रतिकृया