आइसीसीको नयाँ अध्यक्षमा न्यूजिल्याण्डका बेग बार्क निर्वाचित
प्रकाशित मिति
२०७७ मंसिर १० गते, बुधबार ०१:१९
काठमाडौं,मंसिर १० अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को नयाँ अध्यक्षमा न्यूजिल्याण्डका बेग बार्क निर्वाचित भएका छन् ।
बार्कले दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै आइसिसीको अध्यक्षमा निर्वाचित भएका हुन् । पहिलो चरणमा बार्कले १० र ख्वाजाले ६ भोट पाएका थिए । त्यसपछि दोस्रो चरणको मतदानमा बार्कले बाजि मारे ।
आइसीसीको अध्यक्षका लागि कुल १६ भोटमा ११ भोटको आवश्यकता पर्छ । दोस्रो चरणमा बार्कलाई दक्षिण अफ्रिकी क्रिकेटको भोट नै महत्वपुर्ण बनेको थियो ।
बार्कले सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेट बोर्डको निर्देशकका रुपमा काम गरेका थिए । उनले सन् २०१५ को विश्वकपमा निर्देशकका रुपमा काम गरेका थिए ।
बार्कले दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै आइसिसीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइसीसीका पूर्व अध्यक्ष शंशाक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो ।
बार्कले सन् २०१५ को आइसिसी एकदिवसिय विश्वकप प्रतियोगितामा निर्देशकको रुपमा काम गरेका थिए ।
न्यूजिल्याण्ड क्रिकेट बोर्डको सदस्य रहिसकेका उनले आइसीसीको अध्यक्षमा निर्वाचित भएपछि महत्वपुर्ण जिम्मेवारी पाउँदा निकै खुसी लागेको बताए । कोरोनाले धरासायी बनाएको क्रिकेटलाई नयाँ आयाममा पुर्याउने पहिलो प्राथमिकता हुने बताए ।






प्रतिकृया