• ७ असोज २०८३, बुधबार
  • ४ः३९ बेलुका

भिरबाट लडेर राउटे युवकको मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर १० गते, बुधबार ०१:५०

सुर्खेतमा,सुर्खेतमा भीरबाट खसेर एक जना राउटे युवकको मृत्यु भएको छ।

National Life

चिङ्गाड गाउँपालिका–२ स्थित ढाँडखेत नजिकको भिरबाट लडेर १९ वर्षीय राउटे युवा टेक शाहीको मृत्यु भएको हो।

उनी गत ८ गते भिरबाट खसेको र सोही राति मृत्यु भएको हो प्रहरीले जनाएको छ। तर उनको मृत्यु भएको खबर भने प्रहरीमा ढिला पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालमा फिरन्ते जीवन बिताउँदै आएको एकमात्र राउटे समुदायमा १४५ जना सदस्य थिए। ती युवाको मृत्यु भएपछि अब समुदायमा १४४ सदस्य छन्।

हाल उनीहरू चिङ्गाड गाउँपालिकास्थित ढाँडखेतमा बस्दै आएका छन्।

प्रतिकृया