• ७ असोज २०८३, बुधबार
  • २ः३१ दिउँसो

१ हजारले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ मंसिर १० गते, बुधबार ०१:१०

काठमाडौं,मंसिर १० । आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १ हजार र चाँदी ५ रुपैयाँले घटेको हो ।

National Life

मंगलबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया