• 10:22 pm

‘सुमन योञ्जनको शब्द ‘कालापानी सिमाना’ सार्वजनिक

प्रकाशित मिति

२०७७ कार्तिक २९ गते, शनिबार ०६:२१

Capture dpXWKBWgWy

काठमाडौं, गीतकार सुमन योञ्जनको शब्द रहेको देशप्रेम गीत ‘कालापानी सिमाना’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।

गीतमा नेपाल आईडल प्रतियोगी मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बरालको अलवा किरण र कमलको स्वर रहेको छ । भिडियोमा देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको छ । जसमा निराजन प्रधान, गीता थापा, रामप्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ । हरि हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।

प्रतिकृया