• १५ असार २०८३, सोमबार
  • १०:५९ बिहान

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरीः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ कार्तिक २६ गते, बुधबार ०६:३९

काठमाडौ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताउनु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री गुरुङले प्राचिन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु हो । बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने पनि स्पष्ट पार्नु भयो । त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना लिएर आउन विभागका पदाधिकारीहरुलाई मन्त्री गुरुङले आग्रह गर्नु भयो ।

‘हुलाक सेवा प्राचीन समयको सबैभन्दा भरपर्दो सञ्चार माध्यम हो,’ मन्त्री गुरुङले भन्नु भयो,‘यसको सेवालाई बदलिँदो राष्ट्रिय÷अन्तराष्ट्रिय परिवेश अनुसार भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ ।’ उहाँले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिनु भयो । त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री गुरुङको भनाई छ । उहाँले हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक भौतिक पूर्वाधार, मानव संशाधनको विकासमा जोड दिनुुपर्ने पनि स्पष्ट पार्नु भयो ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया