• १० असार २०८३, बुधबार
  • ८:०४ बिहान

बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्न गृहकार्य हुँदै

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०८:३२

काठमाडौं, बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्नेबारे सरकारले गृहकार्य बढाएको छ । अर्थ मन्त्रालयका अनुसार करदातालाई एउटै आयमा दुई ठाउँमा करको भारबाट मुक्त गराई मुलुकभित्र लगानीकर्ता भित्र्याउने उद्देश्यले बेलायतसँग उक्त सम्झौताका लागि तयारी बढाइएको हो ।

दोहोरो कर उन्मुक्ति सम्झौता नहुँदा अहिले व्यवसायीले वार्षिक कारोबारमा आयकर दुवै देशमा तिर्नुपर्ने अवस्था छ, जसकारण चाहेअनुसार लगानी आकर्षित हुन नसकिरहेको सरकारी आकलन छ । मन्त्रालयका अनुसार बेलायत र नेपाल सरकारबीच दोहोरो कर उन्मुक्तिको सम्झौताका लागि पत्र आदान प्रदान गरिएको छ । मिल्न बाँकी कतिपय विषय सहमति नजिक पुगेका छन् ।

Kamana Sewa

द्विपक्षीय सम्झौता गर्ने नीति अनुसार नै आवश्यक तयारी पूरा भइरहेको र छिट्टै सम्झौता गरिने राजस्व सचिव रामशरण पुडासैनीले अभियानलाई बताए । यस्तो सम्झौतापछि ती देशबाट ठूलो मात्रामा वैदेशिक लगानी भित्रन सक्ने सम्भावना भएकाले बढी लगानी आउन सक्ने देखिएका अरू देशहरूसँग नेपालले कर उन्मुक्ति सम्झौतालाई उच्च प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ ।

Classic Tech Desktop

कर उन्मुक्ति सम्झौता गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आन्तरिक राजस्व विभागका अनुसार बेलायतसँगै मलेसिया, सिंगापुर, संयुक्त अधिराज्य, अमेरिका, जापान, क्यानडा, ब्राजिल, ओमानसँग पनि दोहोरो कर उन्मुक्ति सम्झौताका लागि गृहकार्य भइरहेको छ ।

यी देशहरू चरणबद्ध सम्झौताको प्रक्रियामा छन् । सम्झौताका लागि कतिपय देशलाई पत्राचार गरिसकिएको छ । विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार पत्राचार गरिएका देशबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ ।

सरकारले पछिल्लो समय गत माघ १५ गते बंगलादेशसँग कर उन्मुक्ति सम्झौता गरेको थियो । कर संकलनसम्बन्धी नेपालको प्रस्तावमा बंगलादेश सहमत भएपछि चार पटकको प्रयासबाट दुई देशबीच कर उन्मुक्ति सम्झौता भएको थियो ।

सबैभन्दा पहिले सन् १९८७ मा नेपालले भारतसँग यस्तो सम्झौता गरेको छ ।
आर्थिक अभियान दैनिकबाट साभार

प्रतिकृया