• ८ असार २०८३, सोमबार
  • ३:१९ बेलुका

मुम्बई आईपीएलको फाइनलमा प्रवेश

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०६:२३

काठमाडौं, दिल्ली क्यापिटललाई हराउँदै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तराष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न पहिलो क्वालिफायरको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले दिल्लीलाई ५७ रनले हराउँदै फाइनल पुगेको हो।

पहिले ब्याटिङ गर्दै मुम्बईले पूरा ओभर खेलेर ५ विकेटको क्षतिमा २०० रन बनाएयो। २०१ रनको लक्ष्य पछ्याएको दिल्ली लज्जास्पद सुरुवात गर्दै पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा १४३ रनमा समेटियो।

Kamana Sewa

कसिलो बलिङ गरेका रविचन्द्र अश्विनले रोहित शर्मा र किरोन पोलार्डलाई पहिलो बलमै पेवेलियन फर्काए। तर दिल्लीको सोही बलिङ लय कायम रहन सकेन। जसकारण मुम्बईका ईशान किसन र हार्दिक पाण्ड्याले विस्फोटक ब्याटिङ गरे। सातौं नम्बरमा मैदान प्रवेश गरेका हार्दिकले १४ बलमा पाँच छक्का सहित ३७ रन बनाए।

Classic Tech Desktop

त्यस्तै किसन सर्वाधिक ५५ रनको अर्धसतकिय पारी खेल्दै नट आउट रहे। सूर्यकुमार यादवले ५१ रन बनाउँदा क्विन्टन डिककले ४० रन बनाए भने क्रुनल पाण्ड्या १३ रनमा आउट भए। दिल्लीका अश्विनले तीन विकेट लिए भने एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १÷१ विकेट लिए।

 

प्रतिकृया