• १३ असोज २०८३, मंगलबार
  • ८ः५८ राती

माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ११:०५

८ असार २०८३ काठमाडौं – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।

National Life

कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ।

कुल निष्काशनमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड गरिसकिएको छ। बाँकी शेयरमध्ये ३४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। त्यसपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी प्लस इस्युअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया