• १५ असोज २०८३, बिहीबार
  • १०ः११ बिहान

नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०३:१४

८ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य गिरावटसहित बन्द भएको छ। नेप्से परिसूचक १.४६ अंकले घट्दै २७००.६५ बिन्दुमा कायम भएको छ। आजको कारोबारमा ३५३ कम्पनीका ८१ लाख १२ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

National Life

समग्र बजारमा १० वटा उपसूचक राताम्य देखिएका छन् भने ३ वटा उपसूचकमा सुधार भएको छ। तीमध्ये फाइनान्स समूह सबैभन्दा अगाडि रहँदै १.०१ प्रतिशतले वृद्धि भएको छ। साथै व्यापार र माइक्रोफाइनान्स समूहका सूचकमा पनि सामान्य सुधार देखिएको छ।

आज ११६ कम्पनीका शेयर मूल्य बढेका छन् भने १४३ कम्पनीका घटेका छन्। १४ कम्पनीका शेयर मूल्य भने स्थिर रहेका छन्।बजार विश्लेषकहरूका अनुसार, मिश्रित कारोबारबीच सीमित क्षेत्रगत वृद्धिका कारण समग्र सूचकमा दबाब देखिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया