• ८ असार २०८३, सोमबार
  • २:२२ बेलुका

संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार १२:५१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्यलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय खारेज भएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। पार्टी स्थापनाकालदेखि सक्रिय रहेका केही संस्थापक सदस्यहरूले उक्त निर्णय फिर्ता लिइएकोप्रति असन्तुष्टि जनाएका छन्। असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको र त्यससम्बन्धी सर्कुलरसमेत जारी भएको बताइएको छ।

तर, पार्टीमा समायोजनमार्फत आएका नेताहरूले उक्त निर्णयप्रति असहमति जनाएपछि नेतृत्व निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले बताएका छन्। ती नेताका अनुसार सभापतिले मनोनयन गर्ने ५१ सदस्यीय केन्द्रीय समितिमा संस्थापक सदस्यहरूलाई पनि प्राथमिकता दिनुपर्ने माग गरिएको छ। “सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो। तर समायोजनमा आएका नेताहरूको विरोधपछि निर्णय सच्याइएको जानकारी प्राप्त भएको छ,” उनले भने।

Kamana Sewa

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन हाल चितवनमा जारी छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको सांगठनिक संरचना र केन्द्रीय समितिको स्वरूपबारे पनि छलफल भइरहेको छ। संस्थापक सदस्यहरूको असन्तुष्टिले महाधिवेशनको क्रममा पार्टीभित्रको आन्तरिक बहसलाई थप चासोको विषय बनाएको छ।

Classic Tech Desktop

प्रतिकृया