• १३ असोज २०८३, मंगलबार
  • ७ः३८ बेलुका

राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार १२:३९

८ असार २०८३ काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा कांग्रेसका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेललगायत नेताहरूले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

National Life

दमसम्बन्धी समस्याका कारण उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको थियो। ८० वर्षीय खरेलको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहानदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

खरेलको आज दिउँसो १ बजे काठमाडौंस्थित पशुपति आर्यघाट मा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। खरेल नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्रीका रूपमा परिचित थिए। उनको निधनप्रति कांग्रेस नेताहरूले दुःख व्यक्त गर्दै राजनीतिक तथा सामाजिक क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया