• २०:५७ २०८० चैत्र १५ गते
  • 8:57 pm

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको जित

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०७:१४

bayern munich e1603848554767

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ ।

मंगलबार राति भएको समूह ‘ए’ को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ ।

 

लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्नलाई अघि बढाए ।

एन्टोन मिरानचुकले ७०औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे । मिडफिल्डर जोशुआ किमिचले ७९औं मिनेटमा भलीमार्फत बायर्नका लागि विजयी गोल गरे ।

प्रशिक्षक हान्सी फ्रिल्किको नेतृत्वमा बायर्नले पछिल्ला ३६ खेलमध्य ३४ खेलमा जित निकालेको छ । हान्सीको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिगका सबै १० खेलमा जित निकालेको छ ।

अहिलेसम्म शतप्रतिशत जित निकाल्दै बायर्नले ६ अंक जोडेको छ ।

 

प्रतिकृया