• १५:२५ २०८० चैत्र १६ गते
  • 3:25 pm

भारतमा कोरोनाले १ लाख २० हजारभन्दा धेरैको मृत्यु

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०७:२४

russia health virus xinuwa e1603849158501

काठमाडौं – भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५१९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४२ हजार ९६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ८८ हजार ८५३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ५७ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ११ हजार ६०५ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया