• ९ असोज २०८३, शुक्रबार
  • ३ः३६ दिउँसो

आइपिएलमा आज दिल्ली र हैदराबाद भिड्ने

प्रकाशित मिति

२०७७ कार्तिक ११ गते, मंगलवार ०३:१८

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले सनराईजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।

National Life

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा हैदराबादसँग खेल्नेछ । दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ११ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ।

हैदराबाद ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।-रेडियो एनआरएन/Photo: Agency

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया