• ११ असोज २०८३, आइतबार
  • ११ः३५ बिहान

सरकारले राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने

प्रकाशित मिति

२०७७ आश्विन २३ गते, शुक्रबार ०५:११

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायत अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

National Life

आयोजित ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा उहाँले पाँच वर्षीयासमेत बलात्कृत हुने गरेको घटनाले लज्जाबोध गराएको जनाउँदै त्यस्ता जघन्य घटना हुनै नदिन जागरण अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

बैठकमा महिला मन्त्रालयका सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभएको थियो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया