• ६ साउन २०८३, बुधबार
  • ४:४१ बिहान

लागूऔषध मुद्दामा फरार अपराधी पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार १२:१७

विराटनगर, लागूऔषध मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । गत असार ३ गते जिल्ला अदालत मोरङले १८ दिन कैद र २००० रुपैयाँ जरिवाना घोषणा गरेपछि फरार अभियुक्त बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका–१५ का ३७ वर्षीय राजु पासमान रहेका छन् । उनी लागूऔषध (डाईलेक्स डिसी ४ बोतल) मुद्दामा दोषी ठहरीएका जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रनाउ मान बहादुर राईले जानकारी दिए । पक्राउ परेका पासमानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत मोरङलाई बुझाउने कार्य भइरहेको छ ।

प्रतिकृया