• ११ असोज २०८३, आइतबार
  • १२ः३४ दिउँसो

भोलि काठमाडौं उपत्यकाका यी स्थानमा बत्ति काटिने

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०७:५२

काठमाडौं, शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५ घण्टा बत्ति काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र काठमाडौंको बालाजु वितरण केन्द्रभित्र पर्ने सबै स्थानमा ५ घण्टा बत्ति काटिने जनाइएको छ । प्रधिकरणले लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ति काटिने जनाएको छ ।

National Life

त्यसअन्तर्गत पर्ने गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जुश्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगरगाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुका बत्ति काटिने प्राधिकरणले जनाएको छ । त्यस्तै बालाजु वितरण केन्द्र अन्तर्गत पर्ने स्थानहरुमा पनि बत्ति काटिने जनाइएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया