नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन २७ सय २२ संक्रमीत थपीए
प्रकाशित मिति
२०७७ आश्विन १६ गते, शुक्रबार ०४:३७
काठमाडौं, नेपालमा थप २७ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २७ सय २२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६० हजार ६९६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३।६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ७३९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ४८ हजार ६८६ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ७६० हजार ६९ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा २९ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २१० जना रहेका छन् ।




प्रतिकृया