• १० असार २०८३, बुधबार
  • ८:५२ बेलुका

अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०५:०२

काठमाडौं, आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबि बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट चिफ विजिनेस अफिसर, सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि समझौतापत्रमा हस्ताक्षर भएको छ ।

Kamana Sewa

यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० ९साठी० प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

Classic Tech Desktop

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन । कर्जा सुविधा मात्र नभई दुवै कंपनीबिच संयुक्त रुममा ब्राण्ड अवेयरनेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

एलसीभी सेग्मेन्ट अन्तर्गत डोस्त मोडलका सवारी साधन हरु विभिन्न एप्लिकेसन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

 

 

प्रतिकृया