कोटेश्वरका व्यापारी हत्याकाण्डको मुद्दामा पुनः सुनुवाइ हुने
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार ०९:०३
काठमाडौँ, सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालासम्बन्धी मुद्दामा पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको पूर्ण इजलासले आज उक्त मुद्दामा पुनरवलोकन गर्न अनुमति दिएपछि फेरि सुनुवाइ हुने भएको हो ।
यसअघि अदालतले व्यापारी श्रेष्ठको हत्यामा आरोपित बटालालाई सफाइ दिएपछि महान्यायाधिवक्ताको कार्यालयले गत भदौ २६ गते पुनरावेदन निवेदन दिएको थियो । सोही निवेदनमा अदालतले पुनरावेदनको अनुमति दिएको हो ।

न्यायाधीश तेजबहादुर केसी र टङ्कबहादुर मोक्तानको इजलाशले हत्यामा बटालाको प्रत्यक्ष संलग्न भएको आधार र कारण नदेखिएको उल्लेख गर्दै २०७६ फागुन १८ गते उनलाई सफाइ दिने आदेश जारी गरेको थियो ।
रासस

Recent News
- विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
- सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५ हजार २०० रुपैयाँ घट्यो
- कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीको प्रदर्शन
- विष्णु पौडेलको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
- दीर्घकालीन परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्न बाटो खुला, लगानीकर्तालाई ठूलो राहत
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
- स्विट्जरल्यान्ड समूह ‘बी’ विजेता बन्दै अन्तिम ३२ मा, क्यानडाले पनि रच्यो इतिहास
- आज निर्जला एकादशीमा तुलसीको बिउ राख्दै
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
Crime
Politics
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने




प्रतिकृया